बिबिक्यु 2008
फानबरो । इन्टेक १९८५ ले गत २८ जुनमा फानबरोस्थित ओकफार्म कम्युनिटी स्कुल प्राङ्गणमा भव्य बिबिक्यु पार्टी आयोजना गरेको छ । मौसम र उत्साहित सहभागीले साथ दिएर कार्यक्रम सफल भएपछि संस्था दंग छ । कार्यक्रममा खानपिनसंगै म्युजिकल चियर, बेलुन फुटाउने, घैंटो फुटाउने, राफल ड्र, चट्नी कम्पिटिशन र नाचगान पनि भए । आफ्नै परिस्थितिले लामो समयसम्म भेटघाट हुन नसकेका नम्बरी, नम्बर्नीहरु एकै ठाउँमा एकत्रित हुन पाउँदा रमाइरहेका देखिन्थे ।
बिबिक्युका अवसरमा इन्टेक-८५ ले नम्बरीहरु चन्द्रबहादुर शाहीलाई १८ सय पाउण्ड, विष्णु र्सर्ूयवंशीलाई १५ सय र थानबहादुर गाहालाई १३ सय पाउण्डको चेक सहयोग स्वरुप हस्तान्तरण गरेको छ । सो अवसरमा ८५ का नम्बरीहरु र तिनका परिवार, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं अतिथिहरु गरि करिब ६ सय भन्दा बढि सहभागी भएको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाले सिएनएस, युकेको जनगणनामा सहयोग गर्न आफ्ना सदस्यहरुलाई र्फम भराएर सहयोग गरेको थियो । सो अवसरमा इन्टेक-८५ अध्यक्ष शेरबहादुर सुनारले पारिवारिक जमघटसंगै आपसी सुख दुख साटासाट गर्न कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा योगकुमार फगामी, मिलन तमु लगायत सदस्यको उल्लेख्य सक्रियता देखिन्थ्यो ।
Source: http://www.nepalipatra.net/index.php?option=com_content&task=view&id=115...

Recent comments
15 weeks 9 hours ago
1 year 9 weeks ago
1 year 11 weeks ago
1 year 12 weeks ago
1 year 12 weeks ago
1 year 13 weeks ago
1 year 25 weeks ago
2 years 3 days ago
2 years 1 week ago
2 years 2 weeks ago