Constitution

INTAKE 1985को बिधान
प्रस्तावना
सन् १९८५ सालमा बेलायत सेनामा भर्ती भएका नम्बरी एवं नम्बरीको परिवारको बिचमा स्वच्छ एवं सुमधुर सम्बन्ध कायम गर्दै आ्नोपनको बिकास गर्न साथै युकेमा बसोबस गर्नेक्रममा सुखमा साथ दुःखमा सहयोगको भावना कदर गर्नका निम्ती यस संस्थालाई स्थापना गरिएको छ। यो संस्था सन् १९८५ सालमा बेलायत सेनामा भर्ती भएका नेपालीहरुको संस्था हो ।
परिच्छेद - १
प्रारम्भिक
१) संक्षित नाम र प्रारम्भः
क यस बिधानको नाम INTAKE 1985 रहेको छ ।
ख यो बिधान अधिबेशनबाट पारित भएपछि लागु गरिने छ ।
२) परिभाषाः
बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस बिधानमाः
क) संस्था भन्नाले INTAKE 1985 लाई सम्नु पर्दछ।
ख) बिधान भन्नाले INTAKE 1985 को बिधानलाई सम्झनु पर्दछ।
ग) नियमावली भन्नाले यस बिधान अन्तर्गत बनेका नियमावलीलाई सम्झनु पर्दछ ।
घ) अध्यक्ष भन्नाले यस संस्थाको अध्यक्षलाई सम्नु पर्दछ ।
ङ) कार्यसमिति भन्नाले यस बिधान अन्तर्गत गठित कार्यसमितिलाई सम्नु पर्दछ ।
च) नम्बरी भन्नाले सन् १९८४ सालको सेप्टेम्बर देखि सन् १९८५ सालको फेब्रवरी भित्र बेलायत सेनामा भर्ती भएका नेपालीहरुलाई सम्झनु पर्दछ ।
छ) परिवार भन्नाले नम्बरी नम्बरीका श्रीमती र छोराछोरीहरुलाई सम्झनु पर्दछ ।
३) संस्थाको चिन्ह लोगो
यस संस्थाको चिन्ह लोगो माथी लेखिए बमोजीम हुनेछ ।
परिच्छेद - २
उदेश्य
४) संस्थाको उदेश्यः
प्रचलित राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन कानून तथा सन्धि सम्झौताको अधिनमा रही सम्बन्धित निकाय संग समन्वय राखी कार्य गर्ने गरि यस संस्थाको उदेश्य देहाय बमोजिम हुनेछ ।
क) युकेमा बसोबास गर्ने १९८५ मा भर्ती भएका नेपाली समुदय बीच एक आपसमा सदभाव भातृत्वको बिकास गराउने ।
ख) अचानक भै परी आउने समस्या सुल्झाउन अर्थिक एंव भतिक सहयोग जुटाउने।
ग) संस्थाको हितलाई ध्यानमा राखी युकेमा तथा बिश्वका अन्य मुलुकमा बसोबस गरेका नम्बरीहरुको बिचमा पारस्परिक सहयोगको अदन प्रदान गर्ने ।
घ) आवश्यकिय कार्यहरु गर्नको लागि बिभिन्न च्यारेटिवल कार्यक्रमहरु गरि आर्थिक संकलन गर्ने । यसमा कम्तिमा पनि बर्षमा एउटा BBQ को आयोजना गर्ने ।
परिच्छेद ३
सदस्यता
५) सदस्यताः
क) यस संस्थाका सदस्यहरुमा १९८५ मा बेलायत सेनामा भर्ती भएका नम्बरी नम्बरीका श्रीमती र छोराछोरीहरु पर्नेछन् । बेलायतमा बसोबस गरेका तर संस्थाको सदस्यता नलिएका नम्बरी र नम्बरीका परिवारलाई यही २००९को बाषिक आमसभा सम्ममा सदस्यता लिई सक्नु पर्नेछ । यदि यो अवधि सम्ममा सदस्यता नलिईसकेमा सदस्यता लिनको लागि फेरि मौका दिईने छैन। तर जो नम्बरीहरु २००९का बार्षिक आमसभा पछि युकेमा आउनेहुनेहरुले आएको ६ महिना भित्र यो संस्थाको सदस्यता लिईसक्नुपर्नेछ ।
ख) तसर्थ जो नम्बरीहरु सदस्यता नलिएकाहरु अथवा सदस्यता लिन नचाहनेहरु वहाँहरु INTAKE 1985 का हाम्रा नम्बरीहरुनै हुन् तर यो संस्थाबाट जति पनि पाउनुपर्ने सुबिधाहरुबाट बन्चित हुनेछन् ।
ग) बेलायत बाहिर बसेका नम्बरीहरु पनि यो संस्थाको सदस्यता बन्न सक्नेछन ।
६) सदस्यता शुल्कः
क) यस संस्थाका सदस्यता प्राप्त गर्नको लागि शुल्क पाउड एकसय (£100.00) तिरि अजिवन सदस्यताको हकदार हुनेछ । यदि नम्बरीको मृत्यु भएमा उसको (Dependent) परिवारले शुल्क पाउड पचास (£50.00) तिरि आजिवन सदस्यता हुनपाउनेछन् ।
ख) शुल्क एकै पटक तिर्न नसके किस्ता किस्ता गरेर पनि शुल्क तिरि सदस्यता लिन सक्नेछन् ।
ग) सबै सदस्यले २००९को बार्षिक आमसभा भित्र शुल्क तिरि सक्नु पर्नेछ भनि 06 Dec 08 को बार्षिक आमसभामा निर्णय भई पारित गरिएको छ ।
परिच्छेद - ४
साधारण सभा
७) साधार सभा सम्बन्धी ब्यवस्था देहाय बमोजिम हुनेछः
क) साधारण सभा यस संस्थाको सर्बोच्च अंग हुनेछ ।
ख) साधारण सभाको अध्यक्षता कार्यसमितिको अध्यक्षले गर्नेछ ।
८) साधारण सभाको कार्यबिधि देहाय बमोजिम हुनेछः
क) साधारण सभाको बैठाक बषका एक पटक अनिबार्यरुपमा र अरु बेला अवश्यक्ता अनुसार बस्न सक्नेछ ।
ख) सस्थाको २५% (प्रतिशत) सदस्यहरुले कारण समेत देखाई साधारण सभाको माग गरेमा एक महिना भित्र साधारण सभाको बैठक बोलाउनु पर्नेछ ।
ग) साधारण सभाको बैठकको सुचना बैठक बस्ने स्थान मिती समय र बिषय समेत उल्लेख गरि २१ दिन अगावै जानकारी गराउनु पर्नेछ ।
घ) साधारण सभामा उपस्थित भएका सदस्यहरु भित्र ५१% प्रतिशत मतलाई बहुमत मानिनेछ ।
९) साघारण सभाको काम कर्तब्य अधिकार देहाय बमोजिम हुनेछ
क) संस्थाको नीति तथा बिनियम स्वीकत गर्ने ।
ख) संस्थाको बाषिक कार्यक्रम तथा बजेट पारित गर्ने ।
ग) लेखापरिक्षक नियुक्त गर्ने र बाषिक लेखापरीक प्रतिबदेन स्वीकृत गर्ने ।
घ) कार्य समितिका पदाधिकारी तथा संस्था भित्रका सदस्यहरुले बिधान बिपरित वा संस्थाकै हित बिपरित काम गरेमा कारबाही गर्ने ।
ङ) कार्य समितिलाई आवश्यक निर्देशन दिने ।
परिच्छेद ५
कार्य समिति
१०) कार्य समिति सम्बन्धी ब्यबस्था देहाय बमोजिम हुनेछः
क) संस्थाको कार्य संचालन गर्ने कार्य समितिको गठन गदा देहाय बमोजिमका पदाधिकारीहरु हुनेछन ।
१) अध्यक्ष १ जना
२) उपाध्यक्ष २ जना
३) सचिब १ जना
४) सहसचिब १ जना
५) कोषाध्यक्ष १ जना
६) सह कोषाध्यक्ष १ जना
७) सदस्य क्षेत्र बमोजिम कम्तीमा ६ जना हुनेछन् ।
ख) कार्यसमितिका पदाधिकारीहरुकझ पदावधि २ बर्षको हुनेछ ।
११) पद कायम नरहने देहायको अवस्थामा कुनै पदाधिकारीको पद रिक्त हुनेछः
क) लिखित राजिनामा स्वीकृत भएमा ।
ख) मृत्यु भएमा ।
ग) संस्थाको हित बिपरित काम गरेको कारण साधारण सभाबाट पारित गरी हटाएमा ।
घ) सदस्यता बार्षिक शुल्क नबुझाएमा ।
१२) कार्य समितिको बैठक निम्न बमोजिम बस्नेः
क) कम्तिमा बषको ३ पटक कार्य समितिको बैठक बस्नेछ ।
ख) बैठकको सुचना अध्यक्षको अदेशानुसार २१ दिन अघि सम्बन्धित पदाधिकारीहरुलाई सचिब मार्फत दिनु पर्नेछ ।
१३) कार्य समितिको काम कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछः
क) संस्थाको उदेश्य अनुरुप अवश्यक नीति नियम कार्यक्रम र बजेट तर्जुमा गर्ने ।
ख) संस्था द्घारा संचालित कार्यक्रमहरुको निरीक्षण गर्ने ।
ग) साधारण सभाबाट पारित निणयहरु कार्यन्वयन गर्ने ।
घ) संस्थालाई आवश्यक पर्ने भौतिक सामानहरुको ब्यावस्था गर्ने ।
ङ) संस्थालाई आवश्यक पर्ने जनशक्तिको ब्यवस्था गर्ने ।
च) सल्लाहकार परिषद गठन गर्दा परिषदको सदस्य संख्या तोक्ने ।
छ) संस्थाको कार्यकारी निकायले गर्नुपर्ने सबै कामहरु गर्ने ।
मुख्य कामः
१) यदि नम्बरीको असामयिक मत्यु भएमा संस्थाको प्रत्येक सदस्यबाट कम्तिमा पन्ध्र पाउड (Fifteen Pounds) दरले उठाईनेछ ।
२) यदि Dependent को असामयिक मृत्यु भएमा र अर्थिक सहयोगको अनुरोध अएमा सहयोगकको लागि कार्यसमितीको निणय नै सर्वोपरित हुनेछ ।
३) नम्बरी अनि नम्बरीको परिवारमा कुनै असमायिक घटना घटेमा कार्यसमितीले तत्कालिन राहतको लगि बढिमा £500.00 (Five Hundred Pounds) दिन सक्नेछ । सदस्यबाट राहत सहयोगको लागि उठाएका रकमबाठ उक्त रकम घटाएर मात्र पिडित नम्बरी वा नम्बरीको परिवारलाई दिईनेछ ।
४) बेलायत बाहिर बसेर संस्थाका सदस्य नबनेका नम्बरीहरुलाई सहयोग गर्न पर्ने भएमा कार्यसमितीको निणय नै सर्बेापारित हुनेछ ।
नोटः यी माथीका मुख्य कामहरु मध्य १, २ र ३ नम्बरहरु 2009 को बार्षिक आमसभामा अदल बदल गरिनेछ ।
१४) अध्यक्षको काम कर्तव्य र अधिकारः
क) संस्थाको प्रमुखको हैसियतले संस्थालाई सुद्वढ पार्न तथा सुचारुरुपमा संचालन गर्न जिम्मेवारी वहन गर्ने ।
ख) कार्यसमितीको बैठक बोलाउने ।
ग) बैठकबाट पारित निणयहरुको कार्यन्वयन गर्ने ।
घ) आफ्नो अनुपस्थितिमा अध्यक्षको पदिय जिम्मेवारी बहन गर्न कार्य समितीको उपाध्यक्षलाई कार्यबाहक अध्यक्ष नियुक्ती गर्ने ।
ङ) बैठकमा कुनै पनि बिषय पर मत बराबर भएमा निर्णायक मत दिने।
१५) सचिवको काम कर्तब्य र अधिकारः
क) अध्यक्षको आदेशानुसार बैठक बोलाउने।
ख) संस्थाको दैनिक कार्य संचालनको ब्यवस्था मिलाउने ।
ग) बैठकको निणय माईन्युट गर्ने ब्यवस्था मिलाउने ।
घ) बाषिक प्रतिबेदन साधारण सभामा प्रस्तुत गर्ने
१६) सहसचिवको काम कर्तब्य र अधिकारः
क) अध्यक्ष तथा सचिवको निर्देशानुसार तोकिएको कार्य गर्ने ।
ख) सचिवको अनुपस्थितिमा निमित्त भई कार्य सम्हाल्ने।
ग) बैठकले निर्देशन गर्ने अनुरुप निणय कार्यन्वयन गर्ने गराउने ।
१७) कोषाध्यक्षको काम कर्तब्य र अधिकारः
क) संस्थाका कोष सम्बन्धी सम्पुण जिम्मेवारी कोषाध्यक्षको हुनेछ ।
ख) स्वीकृत बजेट र कर्य समितीका निणय वा निर्देशन अनुसार अर्थिक कारोबर संचालन गर्ने र संस्थाको चल अचल सम्पतिको रेकड राखी हरेक तीनतीन ३-३ महिनामा हाम्रो वेबसाईटः (www.intake85.org.uk) र इमेलः (intake85@hotmail.com) माफत जानकारी गराई संरक्षण गर्ने ।
ग) अध्यक्षको अदेश अनुसार कोष संचालन गर्ने ।
१८) सह कोषाध्यक्षको काम कर्तब्य र अधिकारः
क) अध्यक्ष र कोषाध्यक्षको निर्देशनसार तोकिएको कार्य गर्ने ।
ख) कोषाध्यक्षको अनुपस्थितिमा निमित्त भई कार्य गर्ने ।
परिच्छेद-६
अर्थिक ब्यवस्था
१९) कोषको ब्यवस्थाः
१) संस्थाको अनै एउटा कोष रहनेछ । उक्त कोषमा देहाय बमोजिम रकमहरु जम्मा गरिनेछ ।
क) स्थानीय प्रशासनको स्वीकृतीलिई संस्थादारा संचालित कार्यक्रमहरुबाट प्राप्त हुने रकम।
ख) सदस्यहरुबाट प्राप्त सदस्यता शुल्क रकम ।
ग) दातृ निकायहरुबाट प्राप्त अनुदान सहयोग रकम ।
२) कोष संचालनः
कोषको संचालन अध्यक्ष वा अध्यक्षले तोकेको कुनै पदाधिकारी सचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट हुनेछ ।
२०) लेखा पिरक्षकः
लेखापरिक्षक प्रतिबेदन प्रत्येक बष साधारण सभाबाट स्वीकृत गराउनेछ । लेखापिरक्षण प्रतिबेदन कार्य समितीले तोकेको ब्यक्तीहरुबाट हुनेछ।
परिच्छेद-७
सल्लाहकार परिषद
२१) सल्लाहकार सम्बन्धी ब्यवस्था निम्न बमोजिम हुनेछः यदि अवश्यक परेमा
संस्थाको उदेश्य कार्यान्वयन गर्न अवश्यक थप परामर्शका लागि संस्थाको अध्यक्षको सिफारिसमा बिभिन्न पदमा रही काम गरेका नम्बरीलाई समावेश गरी एक सल्लाहकार परिषदको गठन गर्न सकिनेछ । संस्थाका संस्थापक अध्यक्ष सल्लाहकार परिषदको पदेन सल्लाहकार हुनेछ ।
परिच्छेद - ८
निर्वाचन
२२) निर्वाचन सम्बन्धी ब्यवस्थाः
क) कार्यसमितीको पदावधि समाप्त हुनुभन्दा ३ महिना अगावै निवाचन अधिकृतको मनोनयन कार्य समितीले गर्नेछ।
ख) निर्वाचनको लागि मिती कार्य समितीले तोक्नेछ ।
ग) निर्वाचन सम्बन्धी अन्य कार्यबि यस बिधानको बिपरित नहुने गरी प्रचलित मान्यता अनुरुप निवाचन अधिकृतले निधाण गरे बमोजिम हुनेछ।
घ) निवर्ँचनमँ भाग लिने नम्बरीले संस्थाको सदस्यता प्राप्त भई सदस्यता तत्काल कायम रहेको हुनुपर्नेछ।
परिच्छेद ९
अविश्वासको प्रस्ताब र सुनुवाईको मौका
२३) अविश्वासको प्रस्ताब
क) कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको बिधान र संस्थाको हीत बिपरित कार्य गरेमा अध्यक्षको हकमा साधारण सभाको कुल सदस्य संख्याको बहुमतले र अन्य पदाधिकारीको हकमा कार्य समितीलाई उचित लागेमा अविश्वासको प्रस्ताव दता गराउन सक्ने र दुई तिहाई बहुमतले साधारण सभाबाट प्रस्ताव स्वीकृत हुन सक्नेछ ।
ख) पदबाट हटाउनु भन्दा पहिले अरोपित पदाधिकारीलाई सुनुवाईको पूर्ण अवसर प्रदान गरिनेछ ।
परिच्छेद १०
बिबिध
२४) राजीनामाः कार्य समितीका पदाधिकारी र सदस्यले दिएको राजीनामा अध्यक्षले र अध्यक्षले दिएको राजीनामा कार्यसमितीले स्वीकृत गर्न सक्नेछ ।
२५) नियमावलीः
बिधानको अधिनमा रही कार्य समितीले नियमावली बनाउन सक्नेछ ।
२६) संशोधनः
बिधानको कुनै दफा वा उपदफा संशोधन गर्न वा कुनै करण थप गर्न परेमा कार्यसमितीले प्रस्ताब तयार पारी साधारण सभामा उपस्थित सदस्य संख्याको दुई तिहाई बहुमत दारा अनुमोदन गरि लागु गरिनेछ ।
२७) निस्कृयताः
संस्थाको बिधानमा जेसुकै लेखिएको भएपनि प्रचलित कानुनसंग बाझिएमा बाझिएको हद सम्म स्वत निस्कृय भएको मानिनछ ।
२८) ब्याख्याः
यस बिधान र यस अन्तर्गत बनेको नियमावलीको ब्याख्या गर्ने अधिकार कार्य समितीलाई हुनेछ ।
२९) बिघटनः
कुनै कारणवस संस्था बिघटन भएमा संस्थाको चल अचल सम्पित साधारण सभाको बहुमतले गरेको निणरयलाई स्वीकार गरी कुनै योग्य काममा लगाईनेछ ।
AMMENDMENTS
to be updates.

Recent comments
35 weeks 3 days ago
1 year 30 weeks ago
1 year 32 weeks ago
1 year 32 weeks ago
1 year 33 weeks ago
1 year 34 weeks ago
1 year 46 weeks ago
2 years 20 weeks ago
2 years 21 weeks ago
2 years 23 weeks ago