Intake 85 an Organisation that has been formed in the UK is primarily to keep socially abreast with one another and whenever a need arises to help the Numberies or dependants financially and provide morale support.
सन् १९८५ मा बृटिस गोर्खा सेनामा भर्ति भएका भुतपूर्व तथा बहालवाला गोर्खा सैनिकहरु तथा उनीहरुका परिवारहरुको संस्था इण्टेक १९८५ को साधारण सभा बेजिङस्टोकको कार्निभलहलमा शनीबार सम्पन्न भएको छ । करिव १७० जनाको उपस्थिति रहेको उक्त साधारणसभाको सभापतित्व संस्थाका अध्यक्ष शेरबहादुर सुनारले गर्नु भएको थियो । संस्थाका सचिव योगकुमार फगामीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा सहभागि भएका नम्बरी तथा परिवारहरुलाई उपाध्यक्षद्वय नेपालधन र्राई र राजकुमार गुरुङले स्वागत गर्नु भएको थियो । इण्टेक ८५ का नम्बरी तिर्थराज लिम्वुका एकमात्र छोरा तथा गत १४ सेप्टेम्वरमा दिवंगत हुनु भएका स्वर्गीय डेनियल लिम्वुको संझनामा एक मिनेट मौनधारणबाट कार्यक्रमको सुरुवात गरिएको थियो ।
सन् २००६ को नोभेम्वर ५ मा स्थापना भएको इण्टेक १९८५ मा हालसम्म १७५ जना सदस्य रहेको सचिव योगकुमार फगामीले जानकारी दिनुभयो । उहाँले साधारणसभामा संस्था स्थापनादेखि हालसम्मको कार्य विवरण प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्ष मिलन तमु र सहकोषाध्यक्ष तेजबहादुर गुरुङले संस्थाको आयब्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।
Recent comments
41 weeks 2 days ago
1 year 36 weeks ago
1 year 38 weeks ago
1 year 38 weeks ago
1 year 38 weeks ago
1 year 39 weeks ago
1 year 51 weeks ago
2 years 26 weeks ago
2 years 27 weeks ago
2 years 28 weeks ago